इराकमा कारबम बिस्फोट हुँदा २२ जनाको मृत्यु

Share:

काठमाडौं, २९ बैशाख-
इराकमा बुधबार कारबम विस्फोट हुँदा कम्तिमा २२ जना मारिएका छन् । राजधानी बग्दाद नजिकैको सदर सहरमा भएको विस्फोटमा परी अरु ४५ जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
सदर सहरको व्यस्त बजारमा भएको विस्फोटका कारण बजार पूर्णरुपमा ध्वस्त भएको छ भने सवारी–साधनहरुमा पनि क्षति पुगेको छ ।
विस्फोटको जिम्मा कसैले लिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: