
काठमाडौं, जेठ ५ – चीनबाट नेपालका लागि छुटेको रेल सिगात्से आइपुगेको छ । रेलमा पठाइएको सामान लिन नेपाली ट्रक त्यहाँ पुगेका छन् ।
गएको बुधबार सामान बोकेर नेपालका लागि छुटेको लानझाउ-काठमाडौं लेखिएको ७०११ नम्बरको रेलमा पठाइएको सामान लिन नेपाली ट्रक तिब्बतको सिगात्से पुगेको चिनियाँ समाचार संस्था
पिपुल्स डेलीले जनाएको छ । डेलीले चिनियाँ लरीबाट नेपाली ट्रकमा सामान लोडिङ गरिएको तस्बिर पनि सार्वजनिक गरेको छ ।
सिगात्सेसम्म मात्र रेलमार्ग भएकाले अब त्यहाँदेखि सडकमार्ग हुँदै ति सामान बोकेका ट्रक केरुङ हुँदै काठमाडौं आउनेछन् । लान्झाउदेखि सिगात्सेसम्मको २ हजार ४ सय ३१ किलोमिटर पार गरेर रेल सिगात्से आइपुगेको हो । त्यहाँबाट
केरुङ नाकासम्म ट्रक आइपुग्न ५ सय ६४ किलोमिटर दूरी पार गर्नुपर्छ । त्यहाँबाट काठमाडौं आइपुग्न १ सय ६० किलोमिटर पार गर्नुपर्ने हुन्छ ।रेलवे कन्टेनर कर्पोरेसनका उपप्रबन्धकका अनुसार ४३ वटा घरायसी सामान र ८६ कार्गो कन्टेनर केरुङ नाका आइपुगेका हुन् ।
