
पोखरा, ८ जेठ-
पोखरा–१७ महतगौंडामा रहेको सृजना खानेपानी परियोजना तथा उपभोक्ता समितिको अध्यक्षमा पुनः मुक्ति भण्डारी चयन भएका छन् ।
परियोजनाको शनिबार भएको तेश्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम प्रसाद भण्डारी, सचिवमा बैकुण्ठ भण्डारी, सह–सचिवमा रवि भण्डारी, कोषाध्यक्षण्मा देवराज भण्डारी चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा डम्बर बहादुर केसी, रामेश्वर भण्डारी, मनोज भण्डारी, सरस्वती तिवारी, इन्द्रा राना र अम्बिका भण्डारी चयन भएका छन् ।
नव निर्वाचित कार्यसमितिले महतगौंडा क्षेत्रमासहज र सर्वसुलभ तरिकाले खानेपानी वितरणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
