
काठमाडौं, ८ जेठ-
नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी०ले आगामी असार ५ गते आइतबार राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीको गत बुधबारदेखि शुक्रबारसम्म बसेको केन्द्रयि समितिको बैठकले सो निर्णय गरेको हो । पार्टी अध्यक्ष वैद्यले भने,‘पार्टीको असार ५ गते आइतबार हुन गइरहेको राट्रिय भेला क्रान्तिकारीहरुका लागि कोशे ढुंगा हुनेछ ।’
पार्टी महासचिब रामबहादुर थापा ‘बादल’ लगायतका विभिन्न गुटहरुसंँग ‘पार्टी एकता’का नाममा गरिएको आत्मसमर्पण कार्यले कम्युनिष्ट आन्दोलनमा क्षती पुगेपनि त्यस्तो कार्य विरुद्ध पार्टीलाई कम्युनिस्ट धारमा लग्न राष्ट्रिय भेला अत्यन्त महत्वपूर्ण हुने दाबी वैद्यले गरेका छन् ।
बैठकले पार्टीमा आएको फुटको मूल कारण दक्षिणपंथी नवशंसोधनवादपरस्त पुच्छरवादी प्रवृत्ति र नवशंशोधनवादी लगायत देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र समेत रहेको निर्णय बैठकले गरेको छ ।
वैद्यको अध्यक्षतामा बसेको बैठकले पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) लाई दक्षिणपंथी नवशंशोधनवादी भएको ठहर गरेको छ र सो पार्टीसंगको एकताका लागि आधार तयार पार्ने प्रस्ताव नै खारेज गर्ने निर्णय गरेको थियो ।
