सूर्यमा पृथ्वीको आकार भन्दा ठूलो कालो दाग

Share:

काठमाडौं, ८ जेठ –
यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।

सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए ।
सामान्यतः सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेकोमा अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको हुनसक्ने उनको भनाइ छ ।

सूर्यबाट निस्किने पदार्थ पृथ्वी नजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ ।

कमेन्ट गर्नुहोस्
Share: