इजिप्ट एअरको दुर्घटनाग्रस्त विमानको तस्वीर सार्वजनिक

Share:

काठमाडौं, ८ जेठ  –
इजिप्टको सेनाले गत विहीबारबाट हराइरहेको इजिप्ट एअर विमानको खोजीकाक्रममा भूमध्यसागरमा भेटिएका वस्तुहरुको तस्वीर शनिबार सार्वजनिक गरेको छ ।

यसरी सार्वजनिक गरिएका तस्वीरमा लाइफ ज्याकेट, सिटका भाग र इजिप्ट एअरलाई स्पस्ट बुझाउने वस्तुहरु रहेको बीबीसीले जनाएको छ । तर, विमानको ‘ब्ल्याक बक्स’ भने भेटिएको छैन ।

यता, विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ ।

विमानको ‘सिग्नल’ हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीयपार्टमा धुँवा फेलापरेको ‘एभिएसन हेराल्ड’ नामक विमान उद्योगको वेबसाइटले उल्लेख गरेको हो । तर, यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।

विमानको सन्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट प्राप्त ‘डाटा’को हवाला दिँदै उक्त वेबसाइटले यस्तो दाबी गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: