बर्षाअघि नै गोरखा र मुस्ताङ्गमा पोखराबाट खाद्यान्न पठाइयोे, मनाङ्गमा गतबर्षकै सञ्चिती

Share:

पोखरा, १५ जेठ(
नेपाल खाद्य संस्थान अञ्चल कार्यालय पोखराले गण्डकी र द्यौलागिरि अञ्चलका दुर्गम ठाउँमा वर्षायाम अगावै खाद्यान्न ढुवानी गरेको छ ।

कार्यालयको माग अनुसार मुस्ताङमा ७८२ क्विन्टल, गोरखाको सिर्दीवासमा ९५३ र माछाखोलामा ५१८ क्विन्टल खाद्यान्न ढुवानी गरिसकेको अञ्चल प्रबन्धक अम्बिकाप्रसाद घिमिरेले जानकारी दिए । मनाङमा गतवर्ष पठाइएको खाद्यान्न नै सञ्चित रहेको छ ।

अञ्चल कार्यालयको गोदाममा एक हजार ४१९ क्विन्टल खाद्यान्न मौज्दात रहेकोले अभाव हुने ठाउँमा तुरुन्त पठाउन सकिनेछ । बागलुङ र पर्वतका भूकम्पपीडितलाई सहयोग गर्न बङ्गलादेशबाट आएको ५०० क्विन्टल चामल अञ्चल कार्यालयको गोदाममा राखिएको र सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयको सिफारिस आएमा पठाईनेछ ।

कमेन्ट गर्नुहोस्
Share: