
असार ३ गते-
नेकपा (एमाले) केन्द्रीय सदस्य तथा संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले अहिलेको परिस्थितिमा सहमतीय सरकार गठन हुन नसक्ने बताएका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी इलामको बिहीबार २२ औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अधिकारीले नेपाली काँग्रेसका कारण सहमतीय सरकार बन्न नसक्ने बताए ।
उनले संविधान सहमतिमा जारी भएको तर भारतले गरेको नाकाबन्दीको बेला सहमतिबाट नेपाली काँग्रेस भाग्नु नाकाबन्दीको अघोषित समर्थन ठहर भएको बताए ।
काँग्रेसले आत्मनिर्णय गर्न नसक्दा सहमतीय सरकार गठनमा चुनौती रहेको अधिकारीले जिकिर गर्दै अझै पनि एमाले सहमतीय सरकारकै पक्षमा रहेको विचार व्यक्त गरे ।
सभापति अधिकारीले सरकारले उत्तर दक्षिण राजमार्ग बनाई दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यापार बढाउन चाहेको बताए ।
