अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु भएको पुष्टि

Share:

असार ६ गते-
अफगानिस्तानको राजधानी काबुल सहरमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा अझ बढीको मृत्यु भएको हुनसक्ने र आठ जना घाइते भएको पत्ता लागेको छ।

नेपाली ‘सेक्युरिटी कन्ट्र्याक्टर’ (करारका सुरक्षाकर्मी) सवार पहेँलो रंगको मिनी बसमा यो आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

सहरको बनाइ जिल्लामा पर्ने घटनास्थललाई यतिबेला प्रहरी र एम्बुलेन्सले घेरेको छ। प्रत्यक्षदर्शीले बताए अनुसार थुप्रै मृतकको शव देखिएको छ भने कम्तीमा दुई जना घाइतेलाई बसबाट निकालेर एम्बुलेन्समा राखिएको छ।

आन्तरिक मामिलासम्बन्धि मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले १४ जना मृतको पुष्टि गर्दै प्रहरीले उनीहरुको पहिचान गरिरहेको बताएका छन्।

काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहिमीले मृतकहरूमा अफगानिस्तान र नेपाल दुबै मुलुकका करारमा राखिएका सुरक्षाकर्मीहरू रहेको उल्लेख गरेका छन्।

ती सुरक्षाकर्मीहरू राखिएको भवनको कम्पाउन्डमा बसेको आक्रमणकारीले बस ब्यस्त सडकमा निस्कनेबित्तिकै आक्रमणको तारो बनाएको रहिमीले उल्लेख गरेका छन्। बसमा सवारसहित नजिकैको बजारका केहि मानिस पनि घाइते हुनपुगेको उनले जनाए।

कमेन्ट गर्नुहोस्
Share: