
पोखरा, ६ असार-
पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स लिमिटेड र कामना विकास बैंक मर्ज भई कामना विकास बैंकको नामबाट कारोवार सुरु भएको छ।
मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी निक्षेप करिब ६ अर्व ८३ करोड र कर्जा लगानी करिब ५ अर्ब ९३ करोड रुपैया पुगेको छ।
मर्जरपछि बैंकको शाखा २१ र एटिएम नौ वटा पुगेको छ। साथै बैंकका कुल ७५ हजार ग्राहक पुगेका छन्। मर्जरपश्चात् बनेकोे कामना विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहने भएका छन्।
एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा गर्भनर चिरन्जिवी नेपालले साना साना पँुजी भएका वित्तीय संस्था हुँदा जनताको बचत खतरामा पर्ने देखेपछि मर्जरको नीति ल्याएको बताए।
उनले अहिले पनि ११ वटा वित्तीय संस्था समस्याग्रस्त रहेको भन्दै यस्तालाई राष्ट्र बैंकले नै हेर्दै आएको बताए।
