
काठमाडौं, ७ असार-
द व्रिटिश कलेज र सिस्को मिलेर नेटवर्क स्कील ट्रेनिङ एकेडेमी सञ्चालन गर्ने भएका छन् । विश्वभर नेटवर्किङको नेतृत्व लिइरहेको सिस्कोले मानिसहरुलाई सञ्चार मार्फत जोडिरहेको छ ।
सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।
सिस्कोसँगको सहकार्यले विद्यार्थीलाई सूचना प्रविधि क्षेत्रमा करिअर बनाउन सहयोग गर्ने द व्रिटिश कलेजले बताएको छ । ‘यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधिक सहयोग, हेल्थकेयर आइटी प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेका छन्’, कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्रिटिश कलेजले लगातारको अध्ययन र केही अग्रजहरुसँगको छलफल पछि सूचना प्रविधि क्षेत्रमा नयाँ कार्यक्रम सुरु गरेको बताएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा हुने गरेको प्राविधिक जनशक्तिलाई ध्यान दिएर पनि यस्तो शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले बताएको छ ।
उक्त एकेडमीले द व्रिटिश कलेजमा ‘सिसिएनए राउटिङ’ र ‘स्वीचिङ’ जस्ता कोर्सहरु अफर गरेको छ । यी कोर्सहरु सिस्को नेट स्पेस, नेटवर्किङ एकेडमीको मातहतमा रहेर प्रदान गरिनेछ । सिस्को तथा ग्लोबल एजुकेटर टिमले अनलाइन कोर्सहरु पनि विकास गरिसकेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न ल्याब, नेटवर्क सिमुलेसन अभ्यास, एसिसमेन्ट जस्ता विशेषताहरु अफर गरिएका छन् । सर्टिफाइड इन्सट्रक्टरहरुले विभिन्न तहमा रहेर विद्यार्थीहरुको प्रगति हेर्ने तथा सेवा प्रदान गर्ने काम गर्नेछन् ।
