
पोखरा, ७ असार-
फेवा विकास बैंकले लेखनाथ नगरपालिकाको तालचोक शाखाबाट कारोबार शुभारम्भ गरेको छ ।
शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै एबिबिएस, एटिएम, एसएमएस बैकिङ्ग, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिगं सेवा संचालन गरिएको प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बताए ।
निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने उनले बताए ।
फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ को तेस्रो त्रैयमासमा संचालन मुनाफा रु. २६ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. १० अर्ब ६३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.९ अर्ब ३३ करोड पु¥याएको छ ।
बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको बैंकको दावी छ । गत असार २८ गते देखि पोखराका दुई वित्तीय संस्थाहरु विश्व विकास वैक लि. र फेवा फाइनान्स लि. एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास वैकको रुपमा कारोवार सुरु भएको थियो ।
बैंकल केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २८ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
