
चितवन, ७ असार-
सामान्य वर्षा सँगै नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन नपाउँदै भालुढुङ्गामा पहिरो खसेपछि आवागमन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
मुग्लिनबाट चारकिलो नारायणगढतर्फ चन्डिभन्ज्याङ ५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट आज बिहान ७ः३० बजे पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
मध्याह्न १२ बजे मुग्लिनबाट नौ किमीमा पर्ने भालुढुङ्गामा पहिरो खसेपछि सो स्थानमा पनि सडक एकतर्फी मात्र सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।
कमेन्ट गर्नुहोस्
