पोखरा विरौटा चोकमा एक लाख २० हजार मूल्य बराबरका डस्टबिन राखिए

Share:

पोखरा, २२ असार । व्यापारिक केन्द्र विरौटा चोकमा रु एक लाख २० हजार मूल्य बराबरका ४० वटा डस्टबिन राखिएका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ पोखराको सक्रियता तथा पोखरा उपमहानगरपालिको आर्थिक सहयोगमा विरौटा चोकदेखि होटल पोखरा ग्राण्डसम्मको सडकको दायाँबायाँ डस्टबिन राखिएको हो ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुँवरले पोखरालाई स्वच्छ, सफा र हराभरा बनाउन यसबाट सहयोग पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: