कर छलीको अभियोगमा मेस्सीलाई स्पेनमा २१ महिना जेल सजाय

Share:

काठमाडौं, २२ असार-
स्पेनिस एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको छ ।

बार्सिलोनाको अदालतले कर छलीका तीन मुद्धामा मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाइएको छ । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना पनि तिर्न भनिएको छ ।

मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।

तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

स्पेनिस अनलाइन मार्काका अनुसार अदालतले २ वर्ष जेल सजाय सुनाइएपनि मेस्सी जेल जानु नपर्ने देखिन्छ ।

किनकी स्पेनिस कानुन अनुसार अपराधिक रेकर्ड नभएका व्यक्तिलाई २ वर्षभन्दा कम सजायमा जेल बस्नु पर्दैन । तर, आवधिक रुपमा अधिकारीहरु समक्ष उपस्थित हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्
Share: