गणित विषयको पाठ्यक्रमबारे पोखरामा अन्तरक्रिया

Share:

पोखरा, असार २२ गते ।
गणित शिक्षा परिषद् कास्कीले कक्षा ९ र १० को गणित विषयको पाठ्यव्रmम तथा विशिष्टीकरण तालिकासम्बन्धी एक दिने गोष्ठी बुधबार पोखरामा सम्पन्न गरेको छ ।
जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा भएको कार्यव्रmमको उद्घाटन गर्दै पश्चिमान्चल क्षेत्रिय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले नयाँ शिक्ष ऐनमा शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण कार्यव्रmमहरु ल्याइएको तर शिक्षा क्षेत्रमा अझै पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बाल बालिकालाई सिकाइको उपयोगिताका बारेमा प्रष्ट जानकारी हुनुपर्नेमा बताउनुभयो ।
गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष वेदप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यव्रmममा कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, परिषद्का सल्लाहकार प्रा.डा. कृष्णकुमार श्रेष्ठ, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य रविप्रसाद बराल, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, परिषद्का पूर्व अध्यक्ष भद्रराज त्रिपाठी, परिषद्का उपाध्यक्ष केशव अम्गाईँ, सचिव डिल्लीराम अधिकारी, सहसचिव प्रभात पौडेललगायतले बोल्नुभएको थियो ।
गोष्ठीमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव तथा पाठ्यव्रmमका निर्माणकर्ता रमेश अवस्थीले सहजीकरण गर्नुभएको थियो भने कास्की जिल्लाका विभिन्न विद्यालयमा गणित विषय अध्यापनरत १२५ जना शिक्षकको सहभागिता रहेको मिडिया संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: