तमु राष्ट्रिय परिषद्को प्रथम भेला पोखरामा हुने

Share:

पोखरा, २२ असार-
तमु राष्ट्रिय परिषद्को प्रथम भेला पोखरामा हुने भएको छ । तमु राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेला सम्पन्न गर्नका लागि आयोजित प्रतिनिधिमुलक तयारी भेलाले उक्त कुरा सार्वजनिक गरेको हो ।
उक्त तयारी भेलाले भाद्र २५ र २६ गते हुने राष्ट्रिय भेलालाई सफल पार्न विभिन्न उप–परिषद् गठन गरेको छ । जसमा राजनैतिक प्रतिवेदन लेखनमा दुर्गा बहादुर तमु, विधान लेखनमा विनोद तमु, संगठनमा रुद्र बहादुर गुरुङ्ग, आर्थिकमा मिनु गुरुङ्ग, प्रचार–प्रसारमा भरत गुरुङ्ग, व्यवस्थापनमा बम बहादुर तमु, साँस्कृतिक तथा झाँकीमा खुशीमान गुरुङ्ग, स्वयंसेवक परिचालनमा शेरमान गुरुङ्ग, अनुगमन तथा मुल्यांकनमा इन्द्रकुमारी गुरुङ्ग, अभिलेखन प्रतिवेदन तयारीमा चित्र बहादुर तमु, सदस्यता फारम वितरणमा खड्ग बहादुर गुरुङ्ग, अतिथि सत्कारमा जित बहादुर गुरुङ्ग ‘मामा’ रहेका छन् भने परिषद्को कार्यालय पोखरामानै राख्ने निर्णय भएको छ ।
भेलामा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ४ सह–संयोजक रुद्र बहादुर तमु, विशेष अतिथिमा कास्की जिल्ला संयोजक हेम बहादुर थापा, केन्द्रीय सचिवालय सदस्य पिंकी तमु र जित बहादुर तमु, अतिथिमा अन्तरिम केन्द्रीय परिषद् सदस्य ईन्द्रकुमारी तमु लगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
अन्त्यमा भेलाको खर्च ११ हजार ५ सय ७५ रुपैया भएको पनि सार्वजनिक गरिएको थियो । भेलामा अन्तरिम केन्द्रीय परिषद् सदस्य खड्ग बहादुर गुरुङ्गले स्वागत मन्तव्य राखेका थिएभने भेलाको संचालन राष्ट्रिय युवा अभियान केन्द्रीय सदस्य भरत तमु र जिएस तमुले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: