सि.आर भि.ले गर्छ मध्येरातमा मनपरी, पृथ्वीचोक बिट प्रहरीको कमाउने अखडा

Share:

पोखरा, असार २५ । माधब पनेरु ।
शान्ती सुरक्षा कायम गराउने जिम्मा लिएका प्रहरीहरु नै बेला बेलामा बिबादीत बन्ने गरेका छन । पोखरामा पनि यस्ता खाले घटना बाहिर आउने गरेको कुरा नयाँ होईन । प्रहरी भित्रको केही गलत मानसीकताका ब्याक्तिहरुका कारण बदनामी हुने गरेको हो ।
पोखराको पृथ्वीचोकको प्रहरी बिट पनि पटक पटक बिबादमा मुछीदै आएको छ । प्रहरीको खोलमा मध्येराती टयाक्सी चालकहरुलाई दुःख दिएर रकम असुली गरेको रहस्या बाहिर आएको छ । यस अघि हवल्दार मान बहादुर भाट पनि गलत कृयाकलापका कारण बिभागिए कार्वाहीमा परेका थिए । उक्त घटना सेलाउन नपाउदै सोही बिटमा रहेको सि.आर.भिका खटिएका प्रहरी अनावस्यक तनाव दिएर रकम असुली गरेको घटना बाहिर आएको छ । रात्रीकालीन ट्याक्सी सञ्चालन गर्ने ब्यबशायिहरुलाई बिभिन्न बाहानामा लाईसन्स समातेर रकम दिएपछि छोडिदिने गरेको रहस्य बाहिर आएको हो
हर्न चर्को रहेछ भनेर लाईसन्स नियन्त्रणमा लिएका ति प्रहरीले नियम अनुसार दिनुपर्ने चिट भने दिएनन । टयाक्सीालकले चिट दिन भने पछि उनले चिटको सट्टा आफ्नो मोवाईल नम्वर दिए र अन्य स्थानमा प्रहरीले समातेमा आफुलाई फोन गर्न भने । सोही अनुसार नै र्सिजनाचोकमा पनि प्रहरी चेकीङमा परेपछि टयाक्सी चालकले निज प्रहरीलाई फोन गरे , र र्सिजनाचोकका प्रहरीले पनि उनलाई जान दिए । यसरी कनेक्सनमा ठगी गर्ने प्रहरीले ठगी गरेका रहस्य बाहिर आयो । भोलीपल्ट पृथ्वीचोक बिटमा लाईसन्स लिन बोलाए अनुसार चालक सोही स्थानमा पुगेपछि गाडीमा तेल हालिदिन प्रहरीले अनुरोध गरेपनि उनले आँफु संग तेल छैन भनेपछि पाँच सय रुपैया दिए हुन्छ भने ।
पाँच सय रुपैया लिएका उनिहरुले तेल हाले या हालेनन , थाहा भएन तर उनले प्रहरी बिट भित्रै बोलाएर उनीहरुले रकम मागेको चालकको भनाई छ । प्रहरीको ज्यादति प्रत्यक्ष देखेका उनले अरु प्रतिनिध घटनाहरुको बारेमा पनि हामिलाई जानकारी गराए । राति सुरक्षाको नाममा अनाबस्यक कुरामा दुःख दिने गरेको उनिहरुले दुखेसो पोखेका छन ।
तर प्रहरीको गाडी लाई आबस्यक पर्ने तेल जिल्ला प्रहरी कार्यालय बाट नै पयाप्त दिने कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले जानकारी दिए । माथिको आदेश भन्नेहरुलाई आफुले तत्काल कार्वाही गर्ने उनले जानकारी दिए । फिल्डमा कार्यरत प्रहरीले जनता बाट दुःख दिएर बिना चिट लाईसन्स समातेर रकम असुली गर्नेलाई आफुले तत्काल कार्वाही गर्ने उनले स्पष्ट पारेका हुन । प्रहरीले पनि गलत गरेको भन्ने लागेमा समेत जिल्ला प्रहरी कार्यालयमा खवर गर्न उनले सबैलाई अनुरोध गरे ।
बृस्तीतमा पिडितको अडियो सहितको रिपोर्टको लागि बिग न्युज सुन्नुहोला ।

कमेन्ट गर्नुहोस्
Share: