पूर्वी लमजुङका भूकम्प पीडितलाई बोका वितरण

Share:

श्यामशीत्तल परियार
लमजुङ, २५ असार –
वैशाख १२ को विनाशकारी भुकम्पले हिलेटक्सार ५ की जुना चेपाङको घर भत्कायो । त्यसपछि, उनीसंगै उनका श्रीमान्, दुई छोरा र एक मामा पर्नेका छोरा पालमा दिनरात विताउन वाध्य भए ।
‘भुकम्पले घर भत्कायो । घाममा पनि समस्या । पानी पर्दा झनै गाह्रो,’ जुनाले भनिन्, ‘पालमा साना छोराछोरी हुर्काउन नै अफ्ठ्यारो भयो ।’
भएको एउटा घर पनि भुकम्पले भत्काएपछि चेपाङ दम्पत्तिले ठुलो दुःख पाए । ‘कमाई थिएन । भएको सानो घर पनि भुकम्पले भत्कायो । खाना वस्न निकै सकस भयो,’ उनले दुःखेसो पोखन् ।
उनका अनुसार हिलेटक्सारमा ३ घर चेपाङको छ । उनले सरकारी तवरवाट राहतस्वरुप जाडोको लागि आएको १० हजार रपैयाँ भन्दा वेसी केही नपाएको वताईन् ।
‘जाडोको लागि आएको १० हजार रुपैयाँ गाविस वाट पाईयो,’ उनले भनिन्, ‘अस्थायी आवासका लागि आएको १५ हजार रुपैयाँ अझै पाउन सकेको छैन । गाविस सचिवले पैशा नै आएको छैन भनेका छन् ।’
उनको अवस्था देखेर गाउँलेहरुले उनलाई एउटा सानो घर वनाईदिएका छन् । एक कोठा घरको आडैमा उनले वाख्रांको खोर पनि वनाएकी छिन् । उनले १० वटा वाख्रा, एउटा भैँसी समेत पालेकी छिन् । उनका श्रीमान् जय वहादुर चेपाङ ले हाल खुदीस्थित एक जलविद्यतु परियोजनामा काम गरेका छन् ।
वोका पाउँदा खुशी
भुकम्पको गएको यत्तिका समय वित्दा समेत राज्यवाट आवासका लागि कुनै सहयोग नपाएकी उनले वाख्रा नश्ल सुधारका लागि वोका पाउँदा खुशी जनाएकी छिन् ।
‘घरमा १० वटा वाख्रा छ । वाखा्रलाई प्रजननका लागि गाउँ नै धाउनु पथ्र्यो,’ उनले हाँस्दै भनिन्, ‘प्रजननका लागि जिल्ला पशु सेवा कार्यालयले वोका दिएको छ । अव वोका खोज्नका लागि अन्त धाउनुवाट छुटकारा मिलेको छ ।’
वोका पाउँदा आफुलाई खुशी मिलेको उनले वताईन् ।
भुकम्प प्रभावित जिल्लाका लागि सरकारी तवरवाटै राष्ट्रिय पुननिर्माण कोष अन्तर्गत जिल्ला पशु सेवा कार्यालयले पूर्वी लमजुङका विभिन्न गाविसका १८ जना भुकम्प पीडित व्यवसायिक वाख्रापालक कृषकहरुलाई उन्नत जातको वोका वितरण गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: