सैनिक आवासिय क्रु को दिक्षान्त समारोह पोखरामा

Share:

असार २६ गते-
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था स्काउट मा आवद्ध सैनिक आवासिय क्रु को दिक्षान्त समारोह भएको छ ।
सैनिक आवासिय विद्यालय का प्रिन्सिपल तथा सैनिक आवासिय स्काउटका अध्यक्ष खेमराज देवानको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहमा १९ जना रोभर एण्ड रेन्जर दिक्षित भएका छन् ।
समारोहका प्रमुख अतिथि राष्ट्रिय तालिम आयुक्त शिव बहादुर भण्डारीले दिक्षित रोभर एण्ड रेन्जरलाई शुभकामना दिदैँ स्काउट समाज र देशको सेवा मा पवित्र मन लिएर लागी परेको जानकारी दिए ।
त्यस्तै अतिथीहरु विद्यालय सम्पर्क अधिकृत मेजर सन्दिप विष्ट, जिल्ला आयुक्त शारदा पराजली ,वरिष्ठ स्काउटर तथा पुर्व राष्ट्रिय सचिव हेरम्व प्रसाद कोइराला, पुर्व राष्ट्रिय तालिम आयुक्त नारायण पराजुली, जिल्ला समन्वय आयुक्त धिरज थापा, समाजसेवी तथा मिलन डिजी इन्टरनेशनलका सञ्चालक तथा मिलन फाउन्डेशनका संरक्षक दुर्गा बहादुर घोताने लगायतले स्काउटको बारेमा बोलेका थिए ।
समारोहमा नेपाल स्काउट को ६४ औं स्काउट स्थापना दिवसको अवसरमा स्वर्ण सेवा प्राप्त गर्न सफल वरिष्ठ स्काउटर तथा पुर्व राष्ट्रिय सचिव हेरम्व प्रसाद कोइरालालाई सम्मान गरिएको थियो।
सैनिक आवासीय महाविद्यालय परिसरमा संचालित समारोहको सञ्चालन क्रुयुका लिडर तथा जिल्ला सङगठन आयुक्त सागर पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: