नयाँ शक्ति अब औपचारिकरुपमै राजनीतिक पार्टी

Share:

काठमाडौं, २६ असार-
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अब औपचारिकरुपमै राजनीतिक पार्टी भएको छ । दल दर्ताका लागि भट्टराईले आज निर्वाचन आयोगमा आवेदन दिएका हुन् ।

दल दर्ताका लागि नयाँ शक्तिका नेताहरुले बहादुर भवनस्थित निर्वाचन आयोगमा पुगेर आवेदन दिएका थिए । बबरमहलमा जम्मा भएका नेताहरु र डा. भट्टराई दलबलसहित आयोगको कार्यालय पुगेर आवेदन दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: