
पोखरा, २८ असार-
नेपाल पत्रकार महासंघको नयाँ सदस्यता लिन असार मसान्तसम्म आवदेन दिने म्याद तोकिएको छ । सदस्यता लिन इच्छुक पत्रकारले यही असार मसान्त भित्रमा आवेदन बुझाउन म्याद तोकिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव त्रिभुवन पौडेल बताए ।
नयाँ सदस्यताका लागि आवश्यक कागजातसहित पेश गर्नु सचिव पौडेलले अनुरोध गरे । शैक्षिक योग्यताको प्रतिलिपि, नियुक्ति पत्रको प्रतिलिप, अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रतिलिपि र गएको वर्षमा प्रकाशित प्रसारित समाचार सामग्री आवेदनसँगै पेश गर्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
