
असार २८ गते–
नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । एमालेसंगको नौ महिना लामो गठबन्धन तोड्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालका अनुसार माओवादी केन्द्रले राष्ट्रपति विद्या भण्डारीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे जानकारी गराइसकेको छ ।
सहमतीय सरकारका लागि सम्भावना नभएपछि अब बहुमतीय सरकारकै पहल गर्नेगरी पार्टी सरकारबाट बाहिरिएको माओवादीको भनाई छ ।
एमालेसंगको गठबन्धन टुटेपछि अब माओवादी अध्यक्ष प्रचण्डको नेतत्वमा नयाँ गठबन्धनको तयारी थालिएको छ ।
प्रचण्डलाई काँग्रेसले पनि समर्थन गरेको छ ।
कमेन्ट गर्नुहोस्
