नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, सात जनाको मृत्यु

Share:

काठमाडौं, २८ असार-
नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुटवलबाट दिल्लीका लागि छुटेको बस उत्तरप्रदेशको बहराइच जिल्लामा गएराति ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ । बुद्ध एड्भेन्चर टुर एण्ड ट्रावल्सको ना ४ ख ७६८७ बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् भने करिब ३० जना घाईते भएका छन् । यसबिषयमा थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: