
पोखरा, २० साउन-
पोखराको सेती नदीमा पौडी खेल्दा नदीले बगाएर दुई जनाको ज्यान गएको छ। एक जना बेपत्ता भएका छन् भने एक जनाको सकुसल उद्धार भएको छ।
पोखरा १८ खाल्टेमसिनास्थित सेती नदीमा चार जना साथी पौडी खेल्न नदीमा गएका थिए। पौडी खेल्नेक्रममा तीन जनालाई नदीले बगायो भने एक जना मात्रै बाहिर निस्किन भ्याए।
पर्वत घर भई पोखरा नदीपुर बस्ने वर्ष १८ का अभिषेक बडुवाल, पर्वत घर भई सिर्जनाचोक बस्ने १९ बर्षीय शंकर जिसीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै बेपत्ता हुनेमा पर्वत माझफाट घर भई पोखरा बस्ने १८ बर्षीय शुरेस मल्ल छन्।
उनीहरुसँगै नदीमा पौडी खेल्न गएका पर्वत घर भई पोखराको अमरसिंह बस्ने १७ वर्षीय राजिव मल्ल भने शकुसल बाहिर निस्कन सफल भएका छन्। पौडी खेल्न सँगै नदीमा छिरेका साथीहरु बाहिर ननिस्किएपछि मल्लले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीमा जानकारी आउनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट गएको प्रहरी टोलीले दुई जनाको सव बाहिर निकालेको थियो। एक जनाको अवस्था अज्ञात छ।
