प्रचण्ड प्रधानमन्त्री भएपछिकाे पहिलाे मन्त्रीपरिषद् बैठकले गर्याे यस्ता निर्णय

Share:

काठमाडाैं, २० साउन–
सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सहिद, बेपत्ता तथा घाइते योद्धाका पक्षका गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
यस्तै, हालैको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकलाई रु एक लाख राहत प्रदान गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दीए।
मन्त्रिपरिषद्ले गत सालको ‘गोरखा भूकम्प’ र बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ।
नयाँ सरकार गठन गर्न सहयोग गर्ने व्यवस्थापिका–संसद्, राजनीतिक दल, सांसद्लाई धन्यवादसमेत ज्ञापन गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा ज्याउन गुमाउने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरिएको उपप्रधानमनत्री महराले जानकारी दिए।
तत्कालका लागि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री महरालाई तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: