
पोखरा, १४ भदौ-
पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्थानिय हिमालय क्लवले यही भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने मेलाको आन्तरिक बाहेक बाह्य तयारी पुरा भएको क्लवका सचिव मोहन थापाले बताउनुभयो । करिव ६ सय बर्ष अगाडी देखि नै बाटुलेचौरमा मेला आयोजना हुँदै आएको र त्यसैको ऐतिहासिक पक्षलाई निरन्तरता दिन ४ दिन सम्म विभिन्न कार्यक्रममा साथ मेला गर्न लागिएको संयोजक शालिग्राम भटराईले बताउनुभयो । क्लवले सोमबार दिएको जानकारी अनुसार मेला १६ गते देखि शुरु भएपनि तिजगित सहित उद्घाटन भने १८ गते हुने बताइएको छ ।
मेलाको प्रचारप्रसार तिव्र पार्नुका साथै चोकचोकमा स्वागत स्वागतद्धार निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रचार संयोजक केशव बस्नेतले बताउनुभयो । मेलामा अन्तर विद्यालय हयाण्डवल, विद्यालय स्तरिय लोकनृत्य, श्रष्टा सम्मान र आमा समुहको तिजगीत प्रस्तुती रहने बताइएको छ । क्लवले भुपु खेलाडी खेलाडी जुमबहादुर गुरुङ्ग, पत्रकार महिला विमला भण्डारी, तुलसा क्षेत्री, अम्विका बाँनिया लगायतलाई सम्मान गर्ने छ विभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने मेलामा रामजी पौडेल, पार्वती जि.सि., राजन कार्की, सरस्वती लामिछाने, निशा पोख्रेल लगायतका कलाकारको प्रस्तुति रहने सचिव थापाले बताउनुभयो ।
मेलाको उद्घाटन नेपाल हयाण्डबल संघका अध्यक्ष तेज गुरुङ्ग, विभोर सोसाइटी बैकंका अध्यक्ष शुशिलराज पराजुली र मुल कार्यक्रमको उद्घाटन कांगे्रस नेतृ डिना उपाध्यायले गर्नुहुने बताईएको छ । मेलामा तीजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने छ ।मेलाको पूर्व सन्ध्यामा भाद्र १५ गते बुधवार अपरान्ह मोटरसाइकल ¥याली समेत गरिने क्लवले जनाएको छ ।
