
पोखरा, १४ भदौ-
जक्शन ग्रुपको सिस्टर अर्गनाईजेशनको रुपमा ‘जक्शन फिटनेश क्लब’ संचालनमा आएको छ । पोखराको बगरस्थित ट्याक्सीचोकमा सोमबारदेखि क्लब संचालनमा आएको हो । सुबा पुन सिरसले यो क्लब संचालनमा ल्याएकी हुन् ।
‘तत्काललाई हामीले जुम्बाबाट यो क्लबलाई शुरुवात गरेका छौँ ।’ क्लबका संचालक पुनले भनिन्–‘कालान्तरमा हामीले यो फिटनेश क्लबलाई सम्पूर्ण रुपमा फिटनेश सेन्टरको रुपमा विस्तार गर्नेछौँ ।’ पहिलो चरणमा पाँच लाख रुपैयाँ लगानीमा क्लब संचालनमा ल्याएको पुनले जानकारी दिईन् ।
विहान ६ बजेदेखि ८ बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म जुम्बाको कक्षाहरु चलिरहेको संचालकले बताएका छन् । ‘व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समय सर्वसाधारणहरुमा धेरै स्वास्थ्य सम्बन्धि समस्या देखिन थालेको र शरिरलाई स्फुर्त बनाउने उद्देश्यसहित क्लब संचालनमा ल्याएका हौँ ।’ संचालक पुनले बताईन् ।
