
पोखरा, १४ भदौ-
वल्र्ड पाथ मिसन अमेरीकाले कास्की र स्याङ्गजाका तिन विद्यालयमा करिव ५ लाख बरावरको कम्पुयुटर तथा नगद प्रदान गरेको छ । कास्कीको लेखनाथ १० वेगनास स्थित आनन्द ज्योती उच्च मावी र विश्व ज्योती प्रावी गोथेपानी वेगनास तथा स्याङ्गाजा ठूलाडिही स्थित जनता उच्च मावीलाई ति सामाग्री तथा नगद प्रदान गरिएको हो ।
कास्की लेखनाथ–१० बेगनास स्थित आनन्द ज्योती उच्च मावीले मिसनका नेपाल स्थित प्रतिनिधी तथा वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेललाई भव्य समारोहका विच सम्मान समेत गरेको छ । सो अवसरमा उनले विद्यालयलाई ६ थान कम्पुयुटर प्रदान गरे । मिसन प्रतिनिधी तथा युवा व्यवसायी पौडेलले अवको शिक्षा सूचना प्रविधीको भएकाले आफुले ग्रामिण भेगका विद्यार्थीहरुको उज्ववल भविष्य निर्माण होस भन्नाका लागि कम्पुयुटर वितरण गरेको बताए । अव प्रविधी भन्दा वाहिर कोही नरहने कुरामा जोड दिंदै उनले भने – ‘विद्यालयलाई सबैको साझा थलोको रुपमा विकास गर्दै नयाँ युगको शिक्षा संग विद्यार्थीहरुलाई साक्षात्कार गराउन आवश्यक छ ।’ उनी सो विद्यालयका पूर्व विद्यार्थी समेत हुन । विगतमा उनले सो विद्यालयलाई निर्माण गर्न विगतमा नगद ४ लाख र ६ थान कम्पुयुटर समेत प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु बहादुर वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा युवा व्यवसायी खडग बहादुर केसीले समेत विद्यालयलाई कम्पुयुटर प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका प्रचार्य शुक्रराज अधिकारी, विद्यालयका पूर्व प्रचार्य फणीन्द्र शर्मा लगाएतले बोलेका थिए ।
उक्त मिसनका नेपाल प्रतिनिधी पौडेलले वेगनास स्थित ज्योती प्रावीलाई एक थान कम्पुयुटर, एक थान प्रिन्टर र ५० हजार नगद प्रदान गरे । उनले सो अवसरमा शहरमा भन्दा स्वच्छ वातावरणमा विद्यार्थीहरुलाई पढन पाउने अधिकार शुनिस्चितता गर्न पाउनु राम्रो हुने बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमलाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मिसन प्रतिनिधी पौडेलले विद्यालय अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कडेंललाई नगद ५० हजार प्रदान गरेका थिए । सो अवसरमा विद्यालयका प्रअ सोमनाथ कडेंलले बोलेका थिए ।
यसै गरि पौडेल स्याङ्गजा ठूला डिही –८ स्थित जनता उच्च मावीलाई दुई थान कम्पुयुटर प्रदान गरेका थिए । उक्त विद्यालयका पूर्व विद्यार्थी तथा वैदेशिक रोजगार व्यवसायी खडग वहादुर केसी (राजु) को अगुवाइमा भएको कार्यक्रममा मिसन प्रतिनिधी पौडेलले सूचना प्रविधी शिक्षालाई सहि ढङ्गले विद्यार्थी माझ प्रवाह गर्न सके यसको उपदेयता सान्दर्भिक हुन सक्ने वताए । उक्त विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र विक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य चिरन्जिवी लम्साल, पत्रकार केशव पाठक र युवा व्यक्तित्व तथा धुर्व पन्थी लगाएतले सूचना प्रविधीको विकासले समाजमा पार्दै गएको सकारात्मक प्रभावका वारेमा बोलेका थिए ।
