ट्वीटरबाट भेटेको दुई महिनामै नायिका विनिता बराल प्रेममा, स्याङजाका तिलक हुन् प्रेमी

Share:

पोखरा, १५ जेठ-
ट्वीटरबाट भेटेको दुई महिनामै नायिका विनिता बराल प्रेममा परेकी हुन् ।

केही समयअघि मात्रै बजारमा आएको उपन्यास ‘जुईनो’ को प्रमोशनका क्रममा सामाजीक सञ्जाल ट्वीटरबाट भेटिएका स्याङजाको विचारीचौताराका तिलक पौडेलसँग आफ्नो सम्बन्ध रहेको विनिताले बताएकी हुन् ।

उनले फेसबुक र ट्वीटरमार्फत् दुवैजनाको तस्विर सार्वजनिक गर्दै आफू तिलकसँग सम्बन्धमा रहेको खुलासा गरेकी हुन् । तिलक अमेरिकाको ओहायोमा टोलेडो युनिभर्सिटीबाट पीएचडी गर्दैछन् भने बिनिता अमेरिकाकै एटलान्टामा एमबीए गरिरहेकी छन् ।

भेटेको छोटो समयमै दुई बीच मित्रता घनिष्ठ भएपछि सम्बन्धमा रहेको बिनिताले बताईन् । ‘अर्को वर्षको जुलाईमा विवाह गर्ने कुरा भएको छ’ ‘चपली हाइट’ बाट फिल्म अभिनय थालेकी बिनिताले भनिन, ‘अप्रीलसम्ममा म पनि ग्राजुएट भईसक्छु । अनि बिहे गर्नेछौं ।’

‘उहाँ एकदमै हसाउनु हुन्छ । म त उहाँका कुरा सुनेर खाली हाँस्छु मात्रै,’ बिनिताले भनिन् ‘मैले पनि उहाँमा अशोक देख्न थालें,’ आफ्नै उपन्यासको केन्द्रिय पात्रसँग तिलकलाई उभ्याउँदै उनले आफूहरुले घरसल्लाह गरेर मात्रै सम्बन्धलाई अगाडी बढाउने निर्णयमा पुगेको बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: