
लमजुङ, १५ भदौ-
नेपालको मौलिक लोक संस्कृति हराउँदै पश्चिम संस्कृतिको प्रभाव बढ्दै गएकामा भारत आसमका नेपाली भाषी साहित्यकारहरुले चिन्ता व्यक्त गरेका छन् ।
आसम नेपाली साहित्यसभा (आनेसास) द्वारा सदरमुकाम बेँसीसहरमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपाली भाषा संस्कृतिको जगेर्ना यहीँ बस्ने नेपालीले गर्नुपर्दछ, यसबाट राष्ट्रिय एकतालाई बलियो बनाउन सकिने धारणा राखे ।
आनेसासका अध्यक्ष डम्बर दाहाल, सल्लाहकार नव सापकोटा र टीकाराम उपाध्याय, उपाध्यक्ष मदन थापा र दुर्गा खतिवडा, वरिष्ठ साहित्यकार हरि गजुरेल, मुन्नी सापकोटा, मित्रदेव शर्मा, वृजलाल शर्मा र कृष्ण क्षेत्रीलाई सम्मानित गरिएको थियो ।
सांसद जमीन्द्रमान घले, ठाडोभाका शिरोमणि भेडीखर्के साइँला र लोकभाका कला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाडीले सम्मान गरेका थिए ।
