
पोखरा, १५ भदौ-
संयुक्त बजार अनुगमन टोलीले कास्कीमा बजार अनुगमन जारी राखेको छ । टोलीले बुधबार पोखरा ६ मा रहेको अर्चना स्टोर्स, एस मार्ट द सुपरमार्केट, सेलवेज मार्ट प्रा.लि., र अधिकारी टे«डर्समा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले अर्चना स्टोर्स र सेलवेज मार्ट प्रा.लिलाई ःच्ए भएको खाद्य वस्तुमा पसलको ट्याग नराख्न, राखेको ट्याग तुरुन्त हटाउन र मूल्य सूची राख्न निर्देशन दिएको छ ।
यस्तै एस मार्ट द सुपरमार्केटलाई ७ दिन भित्र घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थित हुन र अधिकारी टे«डर्सलाई ३ दिन भित्र काँटा सहित नाप तौल कार्यालयमा उपस्थित हुने निर्देश गरेको छ ।
यस्तै अनुगमनका क्रममा भेटिएको मिति समाप्त भएका केहि खाद्य वस्तुहरु नष्ट गरिएको टोलीले जनाएको छ ।
