पोखरामा सय जना श्रमिक बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगिता

Share:

पोखरा, ३० चैत-
पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनिकरण कार्यक्रमद्धारा यसवर्षको बाल दिवसको अवसरमा पोखरामा संचालन भएका ९ वटा श्रमिक बालबालिकाहको सम्पर्क केन्द्रबीच हाजिरीजवाफ कार्यक्रम भएको छ ।
जसमा माटेपानी सम्पर्क केन्द्र प्रथम, महेन्द्रपुल सम्पर्क केन्द्र दोस्रा र साहारा सम्पर्क केन्द्र तेस्रो भएका छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा संचालित कार्यक्रममा ९ वटा केन्द्रका करिब १ सय जना बालबालिकाहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा बालश्रम न्यूनिकरण कार्यक्रममा परियोजना संयोजक भक्तराज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा, पहिलो पाइला श्रमिक बालक्लबका अध्यक्ष लक्ष्मि श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा श्रमिक बालबालिका निकै खुसी भएका र उनीहरुलाई बाल दिवसको महत्व र एक आपसमा बालबालिकाहरुबीच भेटघाट आफुले परिवार संग वस्न नपाए पनि केन्द्रमा आएर अनौपचारीक कक्षा पढ्न पाएको र सस्थाले विद्यालएका भर्ना गरि सहयोगमा शिक्षाको अवसर पाएको हुनाले बालबालिका भित्र लुकेर रहेको प्रतिभा तथा ज्ञानको जानकारीका लागि उक्त कार्यक्रम गरिएको संस्थाका विनोद लामिछानेले बताए ।

कमेन्ट गर्नुहोस्
Share: