
पोखरा, ३० भदौ-
समाजवादी विद्यार्थी फोरमको दोश्रो केन्द्रीय बैठक पोखरामा बुधवारदेखि शुरु भएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज अर्जुन थापाले बैठकको उद्घाटन गर्नुहुदै सत्तारोहणका लागि माओवादी—काँग्रेसले संघीय समाजवादी लगायतको संघीय गठबन्धनसँग गरेको तीनबुदे सहमति यक्षरस कार्यान्वयन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । विगतदेखि विभेद सहदै आएको मधेशी, आदिवासी जनजाति, थारु, दुर्गम क्षेत्र, उत्पिडित समुदाय लगायतले जहितले सुकै अरुको थिचोमिचो सहेर बस्न सक्दैन भन्नुहुदै नेता थापाले विगतमा गरिएका सम्झौता सहमतिहरु रद्धीको टोकरीमा फाले झै अहिलेको तीन बुँदे सहमति कार्यन्वयनमा प्रचण्ड सरकारले बेइमानी गरे चुप लागेर बन्दैनौं, गठबन्धनले समर्थन फिर्ता लिने चेतावनी दिए । हामीले तीन बुदाँ मध्ये तेश्रो नम्बरको प्रचण्डलाई भोट दिने सहमति भोलिपल्टै कार्यन्वयन गर्यौं, दोश्रो बुँदामा सरकारले केही आलटाल, षडयन्त्र गरे पनि प्रकृयामा लगेको छ भने पहिलो नम्बर बुदा संविधान संशोधन गरी आन्दोलनरत पक्षको मुद्धा सम्बोधन गर्न ढिलाई नहोस् हाम्रो आग्रह छ, उनले भने ।
इञ्चार्ज थापाले समाजवादी विद्यार्थी राजनितिक, सामाजिक, साँस्कृतिक, आर्थिक रुपान्तरणको सच्चा पहरेदार भएकाले विद्यार्थीका हकाधिकार प्राप्ति सँगै जनताका न्यायिक, पहिचान, अधिकारका आन्दोलनमा अगुवाई गर्न आग्रह गरे । तमुवानको राजधानी पोखरामा सम्पन्न हुने केन्द्रीय बैठकले पहिचानसहितको तमुवान प्राप्ति लगायत जनताको संघीयता, स्वायत्तता, समान अधिकारको मुद्धा र विद्यार्थीको समुदायगत मुद्धालाई आन्दोलनको माध्यमबाट संस्थागत गर्ने गरी कार्यक्रम तय गर्ने शुभकामना व्यक्त गर्नुभयो ।
बैठकको उद्घाटन समारोहमा संघीय समाजवादी फोरम राजनीतिक समितिका सदस्य रेखा यादव, केन्द्रीय सदस्य एवं निवर्तमान विद्यार्थी इञ्चार्ज अशोक यादव, विदेश विभाग सदस्य सुन्दर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै विद्यार्थीका हकाधिकार र जनताका पहिचान, अधिकारका लागि युवा विद्यार्थीहरु सशक्त रुपमा आन्दोलित हुनुपर्नेमा जोड दिए ।
यसैविच विद्यार्थी फोरमका निवर्तमान इञ्चार्ज अशोक यादवलाई विदाई र इञ्चार्ज अर्जुन थापालाई विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले खादा लगाएर स्वागत गरेका थिए ।
बैठकमा देशैभरबाट सहभागी हुन आएका विद्यार्थी फोरमका नेताहरुलाई कास्कीका विद्यार्थी नेताहरुले खादा लगाएर स्वागत गरेका थिए ।
यसरी नै बैठकको प्रारम्भ अघि विद्यार्थी नेताहरुलाई सामाजिक लोकतन्त्रका अनुन्धाता चन्द्रदेव भट्टले प्रशिक्षण गराए ।
देशै भरका एक सय विद्यार्थी नेताहरुको सहभागीता रहेको दोश्रो केन्द्रिय बैठक र सचिवालय बैठक विहीवार सम्पन्न हुने सचिव फरेन्द्र थापामगरले जानकारी दिए ।
