राष्ट्रपतीय प्रणाली उत्तम विकल्पः नयाँ शक्ति

Share:

पोखरा, ३० भाद्र-
जनताको आवाज संविधानमा सम्बोधन हुन जरुरी छ, राजनैतिक स्थिरताको लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली उत्तम विकल्प रहेको कुरा नयाँ शक्ति नेपालका केन्द्रिय अभियन्ता तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताउनु भएको छ । लेखनाथ नगरपालिका भण्डारढीकको ङयोए तमु धिं को सभाहलमा विहिवार सम्पन्न ‘नयाँ संविधानको एक वर्ष ः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । नयाँ शक्ति पार्टी, नेपाल संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताको त्याग, कुर्वानि, लगानी तथा मेहनत बाट प्राप्त संविधान कार्यान्वयन गर्न भन्दा केहि दलहरु आगामी निर्वाचनमा कस्को नेतृत्वमा चुनाव गर्ने भन्ने होडवाजीमा लागेका कारण संविधान कार्यान्वयन हुन नसकेको कुरा प्रस्ट पार्नुभयो, अब जनतालाइ दुःख दिने होइन तत्काल संविधान संसोधन गरी पूर्ण समानुपातीक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतीय शासकिय स्वरुप परिर्वतन गरी अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । महिला, दलित, जनजाती, मधेसी, पिछडिएका वर्ग लगाएत सम्पूर्णका नेपालीका लागि वैकल्पिक राजनिति निमार्ण गर्दै समृद्ध नेपाल निर्माणमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ४ संयोजक बलावती शर्माले नयाँ शक्ति पार्टी, नेपाल ले तयार गरेको ‘नयाँ संविधानको एक वर्ष ः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय संवाद कार्यक्रममा कार्यपत्र माथि टिप्पणी गदै नेकपा (एमाले) प्रदेश नं. ४ सह–संयोजक गणेश तिमिल्सिना ले संविधान संसोधन एउटा प्रक्रियामा गर्नुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा प्राध्यापक बुद्धिजिबी देवराज चालिसेले संविधानले कानुनी बैधता प्राप्त गरेता पनि राजनैतिक बैधता प्राप्त गर्न नसकेको जनताले सविधान संसोधन चाहेको, टोपि लगाउदैमा राष्ट्रवादी देख्ने र धोति कछाढ लगाउनेलाई राष्ट्रघाती देख्ने प्रवृती खतरनाक रहेको कुरामा जोड दिनुभयो । उक्त राष्ट्रिय संवाद कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य शिवजी लामिछाने, राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरी क्षेत्रिय इन्चार्ज शंकर बराल, बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता राजुराज अधिकारी, नेकपा माओवादी कास्की जिल्ला सेक्रेटरी पुर्णजित उभार, आधुनीक नेपालको राजनितिक अध्यन समुह तथा प्रधायापक दामोदर त्रिपाठी, नेकपा (एमाले) का जिल्ला प्रतिनिधि पूर्णभद्र पोख्रेल, लेखनाथ नगर टोल विकास समन्वय समिति संयोजक छवी लामिछाने लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपाल का केन्द्रिय परिषद सदस्य, कानुन तथा मानव अधिकारवादी, कानुन विषयका विद्यार्थी , पोखरा विश्वविद्यालयका विद्यार्थी, तथा विभिन्न राजनैतिक पार्टी का जिल्ला स्तरका सदस्य, पत्रकार, बुद्धिजिबी, प्राध्यापक, तथा सामाजिक सघं संस्थाका प्रतिनिधिको विषेश उपस्थिति रहेको थियो ।
उक्त संवाद कार्यक्रमका अध्यक्ष तथा नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ४ संयोजक बलावती शर्मा ले राजनैतिक स्थायित्व प्राप्त नगर्दा सम्म आर्थिक विकास र समृद्धि प्राप्त नहुने कुरा वताउनु भयो । कार्यक्रममा उपस्थित भएका सम्पूर्ण प्रमुख वक्ता, टिप्पणी कत्र्ता विधिन्न सघं संस्थाबाट आउनुभएका प्रतिनिधि सहभागी जनसमुदायलाई स्वागत गदै संविधानमा छुटेका सकरात्मक पक्षलाई समावेश गर्न संविधान संसोधन गर्ने कुरामा सबै पक्षलाई सकरात्मक हुन आग्रह गर्दै प्रदेश नं. ४ सह–संयोजक रुद्र बहादुर गुरुङ्गले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन नयाँ शक्ति पार्टीका युवा नेता तथा कास्की जिल्ला संयोजक हेम बहादुर थापाले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: