महाविर पुनलाई गायक प्रमोद खरेलको साथ

Share:

काठमाडौं, ४ असोज-
म्यागासेसे पुरस्कार विजेता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् ।

उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार चारसय पच्चिस रुपैयाँ अभियानका लागि प्रदान गरे ।

गायक खरेल गत अगस्ट महिनामा क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा फ्यानहरुसँग सानो साँगितिक जमघटको आयोजना गरेको थिएँ,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपील गरे । र, सहयोग संकलन भयो ।’

महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पुर्‍याइरहेको सहयोगको प्रशंसा गरे । ‘कलाकारका धेरै प्रशंसक हुन्छन् । उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ । अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छु,’ उनले भने ।

गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यो शुरुवात मात्र हो,’ उनले भने, ‘सांगीतिक टूरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपील गरिरहनेछु ।’

कमेन्ट गर्नुहोस्
Share: