जन्मदिनमा युकेकी निता गुरुङद्धारा आर्थिक सहयोग

Share:

पोखरा, ५ असोज-
आफ्नो जन्मदिनलाई युवाहरुले समाजसेवाको दिनको रुपमा प्रस्तुत गर्दै आउने क्रममा युकेको अल्डरसटमा नमुना युनिसेक्स हेयर ड्रेयस सैलुन संचालन गर्दै आउनु भएकी निता गुरुङमा नेपालका विभिन्न संघ संस्थालाई सहयोग प्रदान गर्नुभएको छ ।
बुधवार साँझ श्रद्धा सुनयना स्किन केयरद्धारा आयोजित जन्मदिनको अवसरमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तमु संचारकर्मी संघ नेपाललाई निता गुरुङले संघकी केन्द्रीय अध्यक्ष मिना गुरुङलाई १५ हजार १५ रुपैया हस्तान्तरण गर्नुभएको हो ।
जन्मदिनकै अवसरमा निता गुरुङले अमर सेवा नेपाललाई १ लाख एक रुपैया र लायन्स सर्वोदय क्लब लमजुङलाई २१ हजार १०१ रुपैया सहयोग गर्नुभएको श्रद्धा सुनयना स्किन केयरकी संचालिका प्रतिमा गुरुङ जानकारी दिनुभयो ।
स्याङ्जा जिल्ला राङभाङ गाविस वडा नं. २ चिरुवा जन्मस्थान भई सानैदेखि हङहङमा शिक्षा दिक्षा प्राप्त गरी विगत ६ वर्षदेखि युकेमा टप हेयर ड्रेसरको रुपमा कार्यरत निता गुरुङ गत वर्ष नेपाल आउदा अमर सेवा नेपालद्धारा सडक बालबालिकालाई दर खुवाउने कार्यक्रममा सहभागी हुने अवसर पाउदा त्यस कार्यक्रमबाट प्रभावित भई जन्मदिनमा सामाजिक सेवामा जुटेका संघ संस्थालाई सहयोग गरेको बताउनुभयो । जन्मदिनलाई सामाजिक सेवाको अवसरको रुपमा मनाउदा पाउदा अत्यन्तै सन्तुष्टि मिलेको उहाँको भनाई थियो ।
बर्थ केक समेत काटेर जन्मदिन मनाइएको उक्त कार्यक्रममा तमु संचारकर्मी संघकी केन्द्रीय अध्यक्ष तथा सौन्दर्यकर्मी युनियनकी संस्थापक अध्यक्ष मिना गुरुङले समाजसेवी सोंच भएका महान मान्छेहरुले मात्रै संघसंस्थाहरुलाई सहयोग गर्ने भएकाले युवा अवस्थामै निता गुरुङले अत्यन्तै उत्कृष्ठ कर्म गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।
लायन्स क्लव अफ गोल्डेन चौतारीका पुर्व अध्यक्ष चुडामणी बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै निता गुरुङ सामाजिक सेवा भावबाट आफु अत्यन्तै प्रभावित भएको र युवाहरुले उहाँबाट सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सभाध्यता समेत गर्नुभएकी श्रद्धा सुनयना स्किन केयरकी संचालिका प्रतिमा गुरुङले स्वागत एवं आफ्नी दिदि निता गुरुङले जन्मदिनमा विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको जानकारी दिनुभएको थियो ।
कार्यक्रमको संचालन सौन्दर्यकर्मी युनियनकी केन्द्रीय महासचिव सुमन गुरुङले गर्नुभएको थियो उक्त अवसरमा लायन्स क्लव अफ गोल्डेन चौतारी, गोल्डेन सोसाईटी, अमर सेवा नेपाल, तमु संचारकर्मी संघ नेपाल, कास्की लगायतका संघ संस्थाले जन्मदिनको शुभकामना सहित निता गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: