
बग्दाद, ५ असोज –
इराकको संसदले बुधबार अर्थमन्त्रीविरुद्ध मतदान गरेको छ । भ्रष्टाचारको आरोपमा उहाँसँग गत महिना स्पष्टिकरण मागिएको थियो ।
संसदमा बुधबार उपस्थित २४९ सांसदले वर्तमान अर्थमन्त्री होसयार जेबरीविरुद्धको प्रस्तावउपर मतदान गरेकामा १५८ जना सांसदले उनलाई अर्थमन्त्री पदबाट बर्खास्त गर्नुपर्छ भन्ने पक्षमा मत प्रकट गरेका हुन् ।
लामो समयसम्म परराष्ट्र मन्त्रीको पदबाट चरित्र निर्माण गरेका जेबरीले सन् २०१४ यता अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
