सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना

Share:

काठमाडौँ, ६ असोज-
स्वास्थ्यमा समस्या देखिएपछि सिँचाइमन्त्री दीपक गिरी अस्पताल भर्ना भएका छन् ।

अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उनलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना गरएको मन्त्री गिरीका स्वकीय सचिव युवराज जिसीले जानकारी दिए ।

डा. यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले बताए ।

उनलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता अस्पताल पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: