
काठमाडौँ, ६ असोज-
‘मिसेस नेपाल इन्टरनेसनल सिजन टु’ मा भाग लिएका प्रतिस्पर्धीले रिबन इन्टरटेनमेन्टद्वारा करिब रु दुई करोडको ठगी गरेको आरोप लगाइएको छ ।
पीडित सङ्घर्ष समितिका संयोजक मञ्जीला शर्माले दर्ता नै नगरिकन सञ्चालन गरेको संस्थाले विभिन्न उपाधि तथा तालिमको प्रतिबद्धता गरी ४० सहभागीबाट करिब रु दुई करोड ठगी गरेको आरोप लगाएका हुन् ।
ठगीको छानबिन गरी आवश्यक कारवाही गर्न उनले सरकारसंग माग गरेका छन् । संयोजक शर्माले प्रतिव्यक्ति रु ५० हजारका दरले ठगी गरेको आरोप लगाएका छन् ।
अर्का पीडित रिना गुरुङले भनिन्, “आयोजक संस्था रिबन इन्टरटेनमेन्टले ताज दिएन भनेर हामीले विरोध गरेका होइनौं, प्रतिस्पर्धाका नाममा बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यवहार गर्न खोज्नु जस्तो जघन्य अपराधको विरोध गरेका हौँ ।”
पीडित प्रतिमा भण्डारी, सुलोचना गुरुङ र सङ्ज्ञा श्रेष्ठले आयोजकलाई तत्काल कारबाही, क्षतिपूर्ति र गरेको दुव्र्यववहारबापत माफी माग्नुपर्ने माग गर्दै छोरी भु्रण हत्याकाविरुद्धमा नारा दिएर आयोजना गरिएकाले आफूहरु सहभागी भएको बताए ।
