
पोखरा, असोज ८ ,
पश्चिमाञ्चलको नम्वरवान एफ.एम. बिग एफ.एमले सुसाशनका लागि सामुदायिक सुचना समाज,पोखरा (सिआईएस ) संग सहकार्य गरी एक बिषेश कार्यक्रम (बिग वाच) सञ्चालन गर्ने भएको छ ।
उक्त कार्यक्रमको आईतबार पोखरा सभागृहमा बिषेश कार्यक्रमको आयोजना गरी शुभारम्भ गर्ने एफ.एमले जनाएको छ । पोखरा भित्र रहेका सार्बजनिक तथा सरकारी कार्यालयमा हुने कृयाकलाप तथा अन्य बिषयहरुमा जनतालाई जानकारी तथा सरोकारवालाहरुलाई खबरदारि गर्ने उद्धेश्यले कार्यक्रम सुरु गरिएको बताईएको छ । खास गरि कार्यलयहरुमा बिग वाच टिमले दैनिक निगरानी राख्नेछ र आएको रिपोर्टलाई दैनिक रेडियो मार्फत प्रसारण गर्नेछ । बिग एफ.एम १०१.२ मेघाहर्ज बाट प्रसारण हुने मुख्य न्युज बुलेटीन र हप्ताको एक दिन आधा घण्टा रेडियो कार्यक्रम मार्फत प्रसारण गरिने विग एफ.एमका समाचार प्रमुख माधब पनेरुले जानकारी दिए ।
अहिले पनि रेडियोले दैनिक शुसासन तथा सामाजिक खबरदारिलाई केन्द्रीत गरि आफ्ना बुलेटिन मार्फत रेडियो रिपोर्ट प्रसारण गरिरहेको छ । यो संगै बिग वाच एक अलग कार्यक्रम भएको पनेरुले जानकारी दिए । सामुदायिक सुचना समाज, पोखराको प्रमुख सहकार्य रहने कार्यक्रमले समाजमा सुचनाको सही प्रयोग गर्ने बिधिको बिकास पनि गराउने लक्ष लिईएको कार्यक्रमको सहकार्य गरेको सामुदायिक सुचना समाज,पोखराका अध्यक्ष दिपक आचार्यले जानकारी दिए ।
आईतबार नै राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा द्धारा सुचनाको हक संबन्धी प्रशिक्षण तथा बिस्वका १६० भन्दा बढी देशहरुमा सेन्टर सञ्चालन गरिसकेका आध्यात्मीक ब्याक्तित्व बोधीसत्व स्वामी आनन्द अरुण मार्फत आध्यात्मीक तथा सांसारिक जिवनको महत्व बिषयक प्रबचन कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रममा सुशासनकै क्षेत्रमा काम गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी बिष्णु प्रसाद रेग्मी लगायतका बिज्ञहरु द्धारा पनि प्रशिक्षण दिईने बताईएको छ । पोखरा सभागृहमा दिउसो २ बजेबाट सुरु हुने कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ ।
