
असोज ८ गते-
नेपाल विद्युत प्राधिकरणले दशैंमा ३ घण्टाभन्दा बढी लोडसेडिङ्ग नहुने बताएको छ ।
दशैंका बेला उद्योगधन्दाहरु बन्द हुने भएकाले विद्युत् खपत कम हुने र दशैंसम्म केही आयोजनाबाट विद्युत पनि उत्पादन हुने भएकाले लोडसेडिङ्ग कम हुने भएको हो ।
दशैंमा औसत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले उत्पादन बढेकाले भारतबाट आयात भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने र माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै राष्ट्रय प्रसारण लाइनमा जोड्ने गरी तयारी भैरहेको उनले बताए ।
अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ हुँदै आएको छ । दशैंपछि भने फेरी लोडसेडिङ्ग बढ्ने प्राधिकरणले बताएको छ ।
