इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन

Share:

इजरायल, १२ असोज–
नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको बुधबार निधन भएको छ ।
दुई साता अघिदेखि सिकिस्त विरामी भएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिए ।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बन्नुभएको थियो भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए ।।

प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन् । उनी पेरेजको अन्त्यष्टी कार्यक्रममा सहभागी हुनु शुक्रबार इजरायल जाने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुखित बनाएको बताएका थिए ।

“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भने ।

अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गरे । इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरे भने भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताएए ।

पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए । – एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: