
कोकिल पौडेल
पोखरा, १८ असोज-
काठमाडौमा मुख्य सोरुम रहेको एपेक्स डिजिटलले आज देखि पोखरामा पनि आफ्नो शाखा विस्तार गरेको छ । १ करोड भन्दा धैरै लगानी रहेको उक्त शाखाको पोखरा उद्योग वाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष रविन्द बहादुर प्रजुले उद्धघाटन गरे ।
पोखराको चिप्लेढुङगामा रहेको उक्त शो रुममा आईफोन, सामसुङ,जिवनी लगायतका टप वाण्डका मोवाईलहरु रहेका छन ।देशका विभिन्न ठाउँमा शाखा विस्तार गर्ने कममा पोखरामा पाचौं शाखा विस्तार गरेको सिइओ पुष्कर घिमिरेले जानकारी दिए ।
नारायणघाट, दाङ, इटहरी, नेपालगञ्ज, सुर्खेत, विरगञ्ज लगायत अन्य ठाउँमा गरि ४० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको सिइओ घिमिरेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
