
पोखरा, २० असोज-
पोखराको गैहपाटनमा रहेको परोपकार सर्वेश्वर नारी समुहको आयोजनामा बुधवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विजयादशमी, दिपावली, छठ तथा नेपाल संम्वतको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा सरसफाई कार्यक्रममा समुहमा आवद्ध नारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमका अध्यक्ष तथा समुहकी अध्यक्ष भगवति कोइराला(लला)ले नेपालीहरुको ठुला चाडपर्वहरुले समस्त नेपालीहरुमा सुख,शान्ति तथा समृद्धि ल्याउन सकुन् भन्दै चाडपर्वलाई विकृति रहित रुपमा मनाउनुपर्ने उनको जोड रहेको छ । कार्यक्रमको संचालन समुहकी सचिव अम्विका कोईरालाले गरेकी थिईन् । समुहले पोखराको पालिखेचोक देखी पश्चिम गैहपाटन नविन स्ुकल सम्मको क्षेत्रमा सरसफाई समेत गरेको छ । चाडपर्वको मुखमा आफ्नो घर, आँगन तथा टोल सफासघ्घर राख्ने उदेश्यले सरसफाई गरिएको सरसफाई कार्यक्रम संयोजक तथा समुहकी कोषाध्यक्ष रञ्जिता वास्तोलाले जानकारी दिईन । साथै सोही अवसरमा संस्थाले विगत ७ वर्षदेखी दुवै मृगौला खराव भई उपचाररत गोर्खा निवासी वर्ष १७ का सुदीप नेपालीलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । आगामी दिनहरुमा पनि संस्थाको प्रयासमा सहयोग जारी राख्ने कोषाध्यक्षको वास्तोलाको भनाई छ ।
