बिग आइकनलाई ‘कान्तिपुर साप्ताहिक’को साथ

Share:

पोखरा ८ कात्तिक । बिग आइकनको पछिल्लो सिजनको मिडिया पार्टनरको रुपमा ‘कान्तिपुर साप्ताहिक’ फाइनल भएको छ । युवाहरुमाझ लोकप्रिय पत्रिका ‘साप्ताहिक’ मिडिया पार्टनरको रुपमा फाइनल भएको एफएमले जानकारी दिएको हो ।

सोमबार बिग एफएमका अध्यक्ष महेश भण्डारी र कान्तिपुर पब्लिकेशनका ब्राण्ड म्यानेजर अचलराज सत्यालबीच गायन रियालिटि शो बिग आइकनका लागि सहकार्य गर्ने सहमती भएको हो । बिग आइकनको मिडिया पार्टनरको रुपमा कान्तिपुर साप्ताहिकसँग सहकार्य भएको यो दोस्रोपटक हो ।

सहमतीमा हस्ताक्षर बिग एफएमका अध्यक्ष भण्डारीले ‘कान्तिपुर साप्ताहिक’सँगको सहकार्यले बिग आइकनको उचाई अझै बढाउने विश्वास व्यक्त गरे । ‘अघिल्ला सिजनमा पनि साप्ताहिकले बिग आइकनप्रति देखाएको सदाशयताप्रति हामी खुशी छौँ ।’ उनले भने–‘यो सँस्करणमा अझै विशेष रुपमा उसले हामीलाई सहयोग गर्नेछ ।’ युवाहरुमाझ चर्चित दुई मिडियाबीचको यो सहकार्यले इभेन्टको उचाँईलाई थप बढाउने उनले बताए ।

त्यस्तै कान्तिपुर पब्लिकेशनका ब्राण्ड म्यानेजर अचलराज सत्यालले बिग आइकन एउटा उत्कृष्ट गायन रियालिटि शो भएको बताए । उनले भने–‘मनोरञ्जन, ईभेन्ट र फिल्मसँगै युवाहरुसँग जोडिएका विषयलाई समाचार बनाउँदै आएको पत्रिका साप्ताहिकको बिग आइकनसँगको सहकार्य हामी आफैको लागि पनि लाभदायक हुने ठानेका छौँ ।’ उनले भने–‘र, यस्तै सहकार्य सँधै होस् भन्ने हाम्रो चाहना हो ।’

बिग आइकनको सातौँ सँस्करणमा हालसम्म मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाइल, इन एशोसियसन विद टाइटलमा कान्साई पेन्ट्स नेपाल, पावर्ड बाइ टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइ टाइटलमा पोखरा ट्रेड मल, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, टेलिभिजन पार्टनरमा एभिन्यूज, म्यागेजिन पार्टनरमा वेभ र मिडिया पार्टनरमा समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।

केहि समयमै अडिसन शुरु हुने बिग आइकनका लागि यतिबेला बिग एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: