
श्यामशीत्तल परियार
लमजुङ, ११ कार्तिक-
लमजुङमा उत्पादित अलैँचीको गुणस्तर र मूल्य निर्धारण गरिएको छ । अलैँची व्यवसायिहरुबीच बसेको बैठकले यसवर्ष उत्पादित अलैँचीको गुणस्तर र मूल्य निर्धारण गरेको हो । अलैँचीको गुणस्तरलाई तीन तहमा छुट्र्याइएको छ । सबैभन्दा उच्चस्तरको अलैंची जम्बो जेठ (जेजे), मध्यम खालको (एमएस) र चलनचल्ती गरी तीन तहमा अलैँचीको गुणस्तर कायम गरिएको नेपाल अलैँची व्यवसायि महासंघका अध्यक्ष अजय तामाङले जानकारी दिए ।
सबैभन्दा गुणस्तरीय जम्बो जेठ समूहमा ठूलाठूला, मिडियम समूहमा मझौला र चलनचल्तीमा सानो आकारको अलैंचीको दाना हुन्छ । उनले बताएअनुसार उच्च गुणस्तरीय अलैँचीको प्रतिकेजी १६ सय, मध्यम खालको १५ सय र चलनचल्तीकोे १४ सय मूल्य कायम गरिएको छ ।
अलैँचीको दैनिक बजारभाउ भने थपघट हुन सक्ने उनले बताए । किसानहरु नठगिउन भनेर अलैँचीको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको उनले बताए ।
तिहारपछि अलैँची बेच्दा राम्रो मूल्य पाउने आशा रहेको अलैँची उत्पादक किसान सुक बहादुर तामाङले बताएका छन् । विगतको वर्षमा भन्दा यसवर्ष अलैँचीको मूल्य घटेकामो भूलभूले ९ का अलैँची कृषक टेकलाल तामाङले चिन्ता व्यक्त गरेका छन् ।
