पोखराको बैदाममा सफाई अभियान, एक दिनको १ घण्टा एक टोललाई

290
0
Share:

पोखरा, ११ कार्तिक-
नेपालकै पर्यटकीय क्षेत्र पोखराको बैदामलाई सफा स्वच्छ र सुन्दर बनाउने उदेश्यले वडा समिति ६ बैदामको संयोजकत्वमा र बडा नागरिक मञ्च बैदामको आब्हानमा र महिला समन्वय समिति, पर्यटकीय संघ सस्था, बाल विकास केन्द्र, यूवा क्लबहरुको र बिभिन्न राजनैतिक दलहरुको सयूक्त आयोजनामा दिनको १ घण्टा १ टोललाई भन्ने नारा साथ सरसफाई अभियान २०७३ पोखरा ६ बैदाम लेकसाईडमा शुभारम्भ भएको छ ।
पोखरा उपमहानगर पालिकाका सामाजिक विकास महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत ओमराज पौडेलले कार्यक्रमको शुभारभ्भ गर्दै नेपालको पर्यटकीय क्षेत्र पोखराको बैदाम लेकसाईडमा आउने पर्यटकलाई सेवा सुविधा दिने कुरामा पोखरा उपमहानगर पालिका सधै तयार रहेको छ ।

यस क्षेत्रको फोहोर मैलालाइ ब्यवस्थापन गर्ने पोखरा उपमहानगर पालिका यहाँ रहेको राजनैतिक दल , नागरिक समाज र पर्यटकीय संघ संस्थाहरु सघं सहकार्य अघि बढन तयार रहेको भन्दै नगरपालिका बाट पाउने कुनै पनि सेवा सुविधालाई वृद्धि गरि यस क्षेत्रको विकास निर्माण कार्यमा सहयोग गर्ने तयार रहेको भन्दै आफु कुनै पनि सहयोग गर्नेका लागि बचन बद्ध रहेको उक्त कार्यक्रमा उनले बताए । उनले कार्यक्रममा पोखरा उप महानगरपालिकाका शाखाका प्रमुखहरुको नाम र सम्र्पक नम्बर र जिम्मेबारी सहितको फेल्स ब्यानरलाई प्रदर्शन गर्दै सेवाग्राहीहरुका लागि कुनै पनि शाखा प्रमुखहरुको सहयोग लिन सक्ने भन्दै आफ्ना भनाईहरु राखेको थिए ।

कमेन्ट गर्नुहोस्
Share: