पर्यटकीय गाउँ तोल्कामा आजपनि विभिन्न खेल हुँदै

340
0
Share:

पोखरा, १४ कार्तिक-
कास्कीको पर्यटकीय गाउ तोल्कामा जारी बृहत खेलकुद कार्यक्रममा शनिवार दोश्रो चरणको खेलहरु सम्पन्न भएका छन । देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सव तथा दिपावलीको अवसरमा आयोजना गरेको विविध खेलकुद कार्यक्रम अन्तर्गत शनिवार दोश्रो चरणको खेलहरु सम्पन्न भएको हो ।
शनिवार सम्पन्न दोश्रो चरणको पहिलो खेलमा लामाखेतले मकवानपुरलाई २५–२३, २५–२० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । दोश्रो खेलमा द हिभनले किम्चालाई २५–२१, २५–१७ को सोझो सेटमा पराजित ग¥यो । तेश्रो खेलमा तीखानले भिचुकलाई २५–२०, २५–१८ ले पराजित गर्न सफल भयो चौथो खेलमा कोल्टेभाटेले घलेललाई २६–२४, २५–१८ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
शनिवारनै सम्पन्न क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा हुडुले लामाखेतलाई २५–१४, २५–१६ को सोझो सेटमा पराजित ग¥यो । दोश्रो खेलमा तीखेनले तोल्कालाई २५–२३, २५–१९ को सोझो सेटमा पराजित ग¥यो तेश्रो खेलमा द हिभन नयापुलले भिचुक ए लाई २५–२२, २५–१५ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । आइतबार क्वाटर फाइनल अन्तर्गतको अन्तिम खेल कोलबाटी र साबेत बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।
२५ टीमको सहभागीता रहेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टीमलाई क्रमश ३५, २३ र ११ हजार नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छभने बेष्ट स्पाइकर, वेष्ट प्लेयर, वेष्ट ब्लकर र महिला तर्फ वेष्ट प्लेयरलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै रसीतान्ने पहिलोलाई भाले र खादा द्धारा सम्मान, छेलो हान्नेमा प्रथम हुनेलाई नगद, भाङग्राद्धारा सम्मान, घैटो फुटाउनेलाई नगद, खादा र प्रमाणपत्र, त्यस्तै मकैगन्ने, मेच घुमाइ,मा प्रथम हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रम अवधिभर स्थानिय युवा युवतीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कार्यक्रमका प्रचार प्रसार संयोजक भरत गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागी विभिन्न राजनितीक दलका गाविस प्रतिनिधी, सुमन गुरुङ युके, वडा नागरिक मञ्च तोल्का ८ लुम्ले, नया शक्ति पार्टी नेपालका राष्ट्रिय युवा अभियान कास्की, लुम्ले ८ तोल्का घर भइ विभिन्न पेशामा विदेशमा रही काम गर्ने युवाहरुको विशेष सहयोग रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: