बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा पोखराको पृथ्वीचोकमा एकको मृत्यु

370
0
Share:

पोखरा, १४ कात्तिक-
पोखराको पृथ्वीचोकमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ ।

तिव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका पोखरा ६ लेकसाइडका २० वर्षीय अमन अधिकारीको मृत्यु भएको हो ।

ग. ५ प. ३७९८ नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे बिजुलीको पोलमा ठोक्किएकपछि गम्भीर घाइते भएका अधिकारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तर त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल शिक्षण अस्पताल लगिएपनि चिकित्सकले अधिकारीलार्इ मृत घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: